काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनल खेल भोली हुँदैछ ।
पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच नेपाली समयअनुसार बिहीबार बिहान ६:१५ बजे हुनेछ । यस्तै, दोस्रो खेलमा भारत र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । खेल बेलुका ८:१५ बजे हुनेछ । यससँगै आईसीसीले दुवै खेलका लागि अम्पायरको घोषणा गरेको छ । दक्षिण अफ्रिका र अफगानिस्तानको खेलमा इङ्ल्यान्डका रिचर्ड इलिंगवर्थ र भारतका नितिन मेनन मैदानमा अम्पायरको भूमिकामा हुनेछन् । यस खेलको म्याच रेफ्री -टस गराउने समयमा मैदानमा उपस्थित हुने-मा वेस्ट इन्डिजका रिची रिचर्डसन नियुक्त भएका छन् ।
यस्तै, भारत र इंग्ल्याण्डबीचको खेलमा न्युजिल्यान्डका क्रिस ग्याफनी र अष्ट्रेलियाका रोडनी टकर मैदानमा अम्पायर हुनेछन् ।सो खेलमा जोएल विल्सन टिभी अम्पायर हुनेछन् भने पल रेफेल चौथो अम्पायर हुनेछन् । न्युजिल्याण्डका जेफ्री क्रोले म्याच रेफ्रीको भूमिका निर्वाह गर्नेछन ।


प्रतिक्रिया