मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से ५.६० अंकले बढ्यो, ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आकर्षण

नेप्से ५.६० अंकले बढ्यो, ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आकर्षण

न्यूजस्टोरी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

‘ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४/८५’ को मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्से ०.२७ प्रतिशतले बढेर २०७१.७७ विन्दुमा बन्द भएको छ । चार अर्ब १८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

१३ समूहमध्ये पाँचवटाको परिसूचक घटेको छ । परिसूच्क घट्नेमा वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बिमा, ‘अन्य’ र व्यापार समूह छन् ।१५१ कम्पनीको सेयर मूल्य बढेको छ । ८८ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।