पोखरा । नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित फणिन्द्र देवकोटाले सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् ।
माओवादीले उनलाई आफ्नो सांसद रहेको बताउँदै आएको छ । तर, उनले आफूलाई नेपाल समाजवादी पार्टी (नेसपा)को सांसद बताउँदै आएका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मतसम्बन्धी छलफलमा बोल्दै माओवादीले विपक्षमा मतदान गर्न ह्विप लगाउने निर्णय गरेको बताएका थिए । उनले देवकोटाप्रति संकेत गर्दै ह्विप लाग्ने बताएका थिए ।
पछिल्लो समय देवकोटा माओवादी संसदीय दलको बैठक बहिष्कार गर्दै आएका थिए ।


प्रतिक्रिया