मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।

शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।

यस अघि बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।