काठमाडौँ । सेयर बजार बिहीबार सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको हो।
बिहीबार कारोबार बन्द हुँदासम्म होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेको थियो भने फाइनान्स, उत्पादन, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको थियो। माई खोला हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।
दिनभरिमा तीन सय २२ वटा कम्पनीका ८८ लाख १३ हजार कित्ता शेयर ४ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ।


प्रतिक्रिया