काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा २ जनाको शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।
प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।
प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया