काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य १ हजार ८ सय ८५ रुपैयाँका कारोबार भइरहेको छ ।


प्रतिक्रिया