मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाथीभरामा एक महिनामा ६९ लाख भेटी सङ्कलन, १० महिनामा २ लाख २० हजारले गरे दर्शन

पाथीभरामा एक महिनामा ६९ लाख भेटी सङ्कलन, १० महिनामा २ लाख २० हजारले गरे दर्शन

न्यूजस्टोरी

काठमाडौं । देशको प्रसिद्ध शक्तिपीठ पाथीभरामा एक महिनामा ६९ लाख ३२ हजार ४ सय रुपैयाँ भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

गत महिना ५१ हजार ८ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालू आर्थिक वर्षको वैशाखसम्ममा २ लाख २० हजार २ सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।