रत्ननगर, २ जेठ । रत्ननगर–१, बकुलहरस्थित एनआइसी एसिया बैंक भएको भवनको पहिलो तल्लामा ब्रान्डेड जुत्ताको पसल सोलमेट स्नेकर्सको उद्घाटन गरिएको छ । सोलमेट स्नेकर्सको उद्घाटन गर्दै वडा नं–२ का वडाध्यक्ष एवं बजार व्यवस्थापन समितिका संयोजक राजेन्द्रप्रसाद घिमिरेले रत्ननगरमा ब्रान्डेड जुत्ता पसलको आवश्यकता अनुभूति हुँदै आएकोमा सोलमेट स्नेकर्सले पूरा गरेकोमा खुसी प्रकट गर्नुभयो ।

उहाँले अब ब्रान्डेड जुत्ता खरिद गर्न नारायणगढ जानुपर्ने बाध्यता नरहेको बताउँदै यस्तै प्रकारका थप ब्रान्डेड पसलहरु खुल्न आवश्यक रहेको बताउनुभयो । अहिले बजार व्यवस्थापनमा सिस्टम बस्दै गएको र पार्किङलगायत फुटपाथको समस्या पनि हट्दै सफा सहरका रुपमा विकास हुँदै गएको समेत बताउनुभयो । कार्यक्रममा सञ्चालक उत्सव कुँवरले रत्ननगर बजारमा आवश्यकता महसुस गरेरै पसल सुरूवात गरिएको बताउँदै ग्राहकवर्गको विश्वास आर्जन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उद्घाटनको अवसरमा जेठ ३ गतेसम्म १० प्रतिशत छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सञ्चालकका आमा सुनिता कुँवरले व्यवसायलाई चलायमान बनाउन ग्राहक तथा शुभचिन्तकहरुको माया–ममता र साथ सहयोग आवश्यक पर्ने बताउँदै सबैबाट सहयोग र विश्वासको अपेक्षा गर्दै प्रमुखअतिथिलगायत सञ्चारकर्मीहरुप्रति आभार प्रकट गर्नुभयो ।



प्रतिक्रिया