मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल क्रिकेटमा दिल्लीले लखनउलाई १९ रनले हरायो

आईपीएल क्रिकेटमा दिल्लीले लखनउलाई १९ रनले हरायो

न्यूजस्टोरी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दिल्लीले लखनउलाई १९ रन हराएको हो । दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।

लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । दिल्लीका ईशान्त शर्माले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । उसका अभिषेक पोरेलले सर्वाधिक ५८ रन बनाए । लखनउका नवीन उल हकले २ विकेट लिए ।

यो जितसँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्ली १४ खेलमा १४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । लखनउ १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स् खेल्दैछन् ।