मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएल : दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

आइपिएल : दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

न्यूजस्टोरी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।यो जितपछि कोलकोताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ ।