मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्याम्पियन्स लिग : पीएसजी र बोरुसिया डर्टमण्ड सेमिफाइनलमा

च्याम्पियन्स लिग : पीएसजी र बोरुसिया डर्टमण्ड सेमिफाइनलमा

न्यूजस्टोरी

काठमाडौं, ५ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र जर्मन टोली बोरुसिया डर्टमण्ड युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा स्पेनिश क्लब एट्लेटिको मड्रिडलाई समग्रमा ५–४ गोलले हराउँदै बोरुसिया डर्टमण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा २–१ को हार ब्यहोरेको डर्टमण्डले दोस्रो लेगमा ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्यो । डर्टमण्डले फाइनलमा पुग्न पीएसजीसँग खेल्नेछ । पीएजीले अर्को खेलमा बार्सिलोनालाई समग्रमा ६–४ ले हराउँदै अन्तिम चारमा पुगेको छ ।

च्याम्पियन्स लिगमा आजराति क्वाटरफाइनलको दोस्रो लेगका खेल हुँदैछन् । आज रियल म्याड्रिडले म्यानचेस्टर सिटी र आर्सनलले र बायर्न म्युनिखसँग खेल्नेछ । यी टोलीले पहिलो लेग बराबरी खेलेका छन् ।