मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईएमई पे सुपर वालेटमा सुपर बेनिफिट

आईएमई पे सुपर वालेटमा सुपर बेनिफिट

न्यूजस्टोरी


काठमाडौं, २७ चैत्र । सुपर वालेटलाई परिचित गराएको आईएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्तालाई दर्जनभन्दा बढी नयाँ सुविधा दिने भएको छ ।

यस सुपर बेनीफिट प्याकेजमा आईएमई पे प्रयोगकर्ताले वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निस्शुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बीमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा तुरुन्तै क्यासब्याक पाउने छन् । यसैगरी हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोड, केबलकारको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरि छ हजार रुपैयाँसम्मको क्यासब्याक पाउने आईएमई पेले जनाएको छ ।

आईएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको अवसरमा शुरुवात गर्न लागेएको थप सुविधासहितको यस प्रिमियम प्याकेजले प्रयोगकर्तालाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताउनुभयो । नयाँ–नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधा थप्दै आईएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको प्रमुख कार्यकारी अधिकृत रेग्मीको भनाइ छ ।