मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकी करिडोर : बाग्लुङ–गुल्मी सडक सञ्चालनमा

कालीगण्डकी करिडोर : बाग्लुङ–गुल्मी सडक सञ्चालनमा

न्यूजस्टोरी

बागलुङ, २८ फागुन । सुक्खा पहिरो खसेर अस्ति शनिवार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी सडक खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्शनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बाग्लुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भीरमा पहिरो खसेको थियो । सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका गाडी सञ्चालनमा आएका छन् ।

यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक हप्ता बन्द भएको थियो । बाग्लुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ ।