मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वी चितवनको रत्ननगरमा सुपर मार्केटमा आगलागी, लाखौंको क्षति

पूर्वी चितवनको रत्ननगरमा सुपर मार्केटमा आगलागी, लाखौंको क्षति

न्यूजस्टोरी

चितवन, २८ फागुन । पूर्वी चितवनको रत्ननगर वडा नं १ स्थित सौराहाचोकमा रहेको साहारा सुपर मार्केटमा गयराती आगलागी भएको छ ।

आगलागीबाट सुपर मार्केटमा रहेका तीनवटा पसलमा पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट ८० लाख बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सुपर मार्केट भित्र रहेको सुहाना फेसन कलेक्सन पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त पसलमा विक्रीका लागि राखिएका नयाँ कपडा, एसी, फर्निचर तथा अन्य सामाग्री जलेर नष्ट हुँदा ७५ लाख बराबरको क्षति अनुमान छ ।

सुहानाबाट सुरु भएको आगोले नजिकैका अन्य दुईवटा पसलमा समेत क्षति पु¥याएको छ । मार्केटमै रहेको कर्मा फेसन कलेक्सन र पिन्क सेक्रेट कपडा पसलमा समेत क्षति भएको जनाइएको छ । विजुली सर्ट भएर आगोलागी भएको हुनसक्ने बताइएको छ । राती ११ बजेबाट लागेको आगो राती १ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीले स्थलगत अवलोकन गरि घटनाको बारेमा जानकारी लिनुभएको छ ।