मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकामा घुम्ती शिविरमार्फत सेवा

गाउँपालिकामा घुम्ती शिविरमार्फत सेवा

न्यूजस्टोरी

काठमाडौं, २२ फागुन । तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर शुरु गरेको छ । नागरिकलाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले हिजोदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।

वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नम्बर ३ बाट घुम्ती शिविर शुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ ।

आज वडा नम्बर ३ मै घुम्ती शिविर भइरहेको छ । भोलि र पर्सि वडा नम्बर ४ मा घुम्ती शिविर हुनेछ । गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत पशु बीमाबारे पनि जानकारी दिइरहेको छ ।