मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीमा ६ वर्षमा ३५ हजार ७ सय १६ वटा घरेलु तथा साना उद्योग थपिए

गण्डकीमा ६ वर्षमा ३५ हजार ७ सय १६ वटा घरेलु तथा साना उद्योग थपिए

न्यूजस्टोरी

काठमाडौं, १४ फागुन । पछिल्लो ६ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार ७ सय १६ वटा घरेलु तथा साना उद्योग थपिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार यही अवधिमा ३२ हजार ९ सय ९४ व्यवसाय दर्ता भएका छन् । मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यले स्वरोजगारसँगै स्थानीय बजार चलायमान बनाउन साना उद्योग तथा व्यवसायको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।

घरेलु तथा साना उद्योगको सङ्ख्या बढ्दैमा ठूलो पुँजी लगानी र रोजगारी वृद्धि भने नहुने महाशाखा प्रमुख आचार्यको भनाइ छ । उहाँका अनुसार समयमा नवीकरण नगरेका कारण साना तथा घरेलु उद्योग खारेजीमा समेत पर्ने गरेका छन्। कतिपय सञ्चालन हुन नसकेर बन्द भएका छन् ।