मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इयुको सहयोगमा क्रीएसन नेपालको ग्रीन सिफ्ट परियोजना, तीन प्रदेशको ९ स्थानीय तहमा परियोजना सुरुवात हुने

इयुको सहयोगमा क्रीएसन नेपालको ग्रीन सिफ्ट परियोजना, तीन प्रदेशको ९ स्थानीय तहमा परियोजना सुरुवात हुने

न्यूजस्टोरी

चितवन, ९ फागुन । इयुको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भब्य शुभारम्भ गरेको छ । बुधबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा सो परियोजनाको उदघाटन गरिएको हो । बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री मसिना खड्का र बिशिष्ट अतिथी इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले सामुहिकरुपमा परियोजनाको उदघाटन गर्नुभएको हो ।
ग्रीनसिफ्ट परियोजना वागमती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येक३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार बर्ष सम्म संचालन गरिनेछ । यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ ।
कार्यक्रममा बोल्दै वागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदुरको समस्या समाधानका लागि क्रीएसन नेपालले गरेको सामूहिक प्रयासको प्रशंसा योग्य रहेको बताउनुभयो । उहाँले आगामी वर्षहरूमा यस परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको बताउँदै परियोजनालाई पुर्ण कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रमका बिशिस्ट अतिथि नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाहरूको जीवनशक्तिलाई सदुपयोग गर्नु पर्ने बिषयमा जोड दिनुभयो । उहाँले यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय भएको समेत बताउनुभयो । उहाँले तीन प्रदेशको ९ स्थानीय तहमा आगामी चार वर्षको अवधिमा संचालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आफु आतुर रहेको धारणा राख्नुभयो ।
त्यसैगरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आयोजनाको शुरुवात गज्जब लागेको बताउँदै आफू यसले ल्याउने सकारात्मक परिणाम हेर्न आतुर रहेको उल्लेख गर्नुभयो ।
क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट-जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पणलाई पुष्टि गर्दै इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा, विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराउनु भएको थियो । उहाँले समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्य के हो भन्ने कुराको सार प्रस्तुत गर्नुभयो ।
यसैगरी, इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कबीररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिका बारे बिचार ब्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले विशेष मन्तब्य राख्दै दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिनुभयो ।
कार्यक्रममा परियोजना संचालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरुको महत्व र यस्ता योजनाहरु थप गर्नुपर्नेमा जोड दिनुभयो ।