वीरगंज, २१ माघ । जिल्ला प्रहरी कार्यालय पर्शाले लागु औषध सहित एकजना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालय पर्शाको बिशेष टोलीले बिशेष सुचनाको आधारमा नियन्त्रणमा लिएको जनाएको छ ।
वीरगंज महानगरपालिका वडा नं १३ बस्ने १८ बर्षीय राकेश दाश तत्वालाई खानतलासीको क्रममा नियन्णमा लिइएको प्रहरीको भनाइ छ ।
निजले लुकाई छिपाई ल्याएको ३७ बोत्तल लागु औषधमाथी प्रहरीले थप अनुसन्धान गर्ने समेत उल्लेख गरेको छ । निज दाशका बिरुद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्धानलाई अघि बढाइने पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया