मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युट्युबर मनोज मानव पुनः पक्राउ

युट्युबर मनोज मानव पुनः पक्राउ

न्यूजस्टोरी

काठमाडौं, १६ माघ । प्रहरीले युट्युबर मनोजकुमार महतो मनोज मानव लाई पुनः पक्राउ गरेको छ। मंगलबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

उनले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो।उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।मानव यसअघि पनि चरित्र हत्याकै कसुरमा पक्राउ परेका थिए। उनलाई ब्युरोले गत कात्तिक २३ गते पक्राउ गरेको थियो।