मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्ने काम अन्तिम चरणमा

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्ने काम अन्तिम चरणमा

न्यूजस्टोरी

चितवन, १४ माघ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । दैनिक चार घण्टा गाडी रोकेर गएको पुस ७ गतेदेखि काम भइरहेको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको ३५ मिटर गएको वर्ष नै काटिएको थियो । बाँकी २५ मिटरमध्ये अहिले एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ । अब मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ ।

आचार्यले भन्नुभयो, ‘भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भएको छ, माघभित्र सबै सकिन्छ ।’ पहाडको भाग अरू तल झरेपछि जाली लगाएर भित्तो काट्दा अब गाडी रोक्नु नपर्ने देखिएको छ । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी गाडी रोक्न नपर्ने आचार्यले बताउनुभयो । काम प्रभावकारी हुँदै गएको भन्दै उहाँले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो ।
बाँकी १५ वटा पुल एकैसाथ ठेक्का लगाइएकोमा आठ वटा पुल सञ्चालनमा आइसकेका छन् । जुगेडी–खहरी र सिमलतालका तीन वटा पुल एक महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काली र नाम्चे खोलाको पुल तीन महिनामा सञ्चालनमा आउनेछन् ।

यस्तै मुग्लिन नजिकैको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउनेछ । अहिले भित्तो काट्दै गरेको ३ नंबर पुल जग खनेको ६ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताउनुभयो ।