मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर महोत्सव :महोत्सवमा शंखनाद

रत्ननगर महोत्सव :महोत्सवमा शंखनाद

न्यूजस्टोरी

चितवन, ३ माघ । समस्त नेपालीहरुको सुख , शान्ति र संमृर्द्धिको कामना गर्दै , नकारात्मक भावनालाई निर्मुल पार्दै सकारात्मक उर्जा पैदा गर्न रत्ननगरमा पहिलो पटक चितवनको रत्तनगर महोत्सवमा शंखनाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्यका साथ मंगलकारी ध्वनियन्त्र , ॐ ध्वनिको प्रतिक शंख र ध्वनिको वैदिक मान्यता रहेको छ । ब्रह्माण्डको पहिलो ध्वनि , शब्द तथा संगीतका रुपमा शंख ध्वनिलाइ लिने गरिएको छ ।

राप्ती नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत निलम कुमार न्यौपानेले कला संस्कृति प्रवर्द्धनका लागि यस्ता कार्यहरुले ठुलो भुमिका निर्वाह गर्ने जानकार दिनुभयो । समितिका संयोजक प्रकाशमणी सापकोटाको अध्यक्षता र सूचना प्रविधि व्यवश्थापन समितिका संयोजकमा सदस्य वेद प्रसाद आचार्यको रहनुभएको छ । शंखको धार्मिक महत्व तथा मानव स्वास्थ्यको बारेमा उल्लेख गर्दै प्रमुख अतिथि निलम कुमार न्यौपानेले ब्रह्माण्डको पहिलो ध्वनि प्रतिक जसबाट शब्द तथा संगीतको उत्पत्ति हुनुका साथै वेदको शुरुवात भएको बताउनुभयो ।

दैनिक शंख फुक्दा फोक्सो तथा मुटु स्वस्थ्य रहने बिज्ञानले समेत पुष्टि गरेको छ । शंख फुक्नाले वरपर भएका नकारात्मक भाव तथा दुषित कीटपतङ्गहरु परास्त हुने तथा शंख ध्वनि सुनेर देव देवताहरु प्रसन्न भई वातावरण सन्तुलनमा सहयोग पुर्याउने एवं सकारात्मक उर्जा पैदा हुने कुरा पनि कार्यक्रममा बक्ताहरुले बताएका थिए ।

शंख हर पूजाआजामा शंख जल चडाउन तथा कुनैपनि शुभ कार्य तथा मृत्यु हुँदाका बखत सूचना दिनका लागि समेत अपरिहार्य रहेको छ । शंखको आवाज अवस्था र उद्देश्य अनुरुप फरक फरक ध्वनि प्रवाहित गर्ने गरि सांकेतिक रुपमा बलियो सूचनाको रुपमा वैदिक सनातनीहरुले प्रयोग गर्ने गरेको सूचना प्रविधि व्यवश्थापन समितिका संयोजक वेद प्रसाद आचार्यले बताउनुभयो ।