मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाङटाङ–भोटेकोशी आयोजना : भित्रियो २० अर्ब रुपैयाँ लगानी

लाङटाङ–भोटेकोशी आयोजना : भित्रियो २० अर्ब रुपैयाँ लगानी

न्यूजस्टोरी

रसुवा, १ माघ । रसुवामा निमार्णाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याएको छ ।

१ सय २० मेगावाट क्षमताको निर्माणाधीन आयोजनाका लागि चीनको बैंक अफ चाइनाबाट १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याएको आयोजनाका प्रवर्द्धक दीपक खड्काले जानकारी दिनुभयो ।

आयोजनाको अनुमानित लागत २४ अर्ब ९५ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ । आयोजनामा संस्थापक लगानीकर्ताहरूले पाँच अर्ब नौ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबर लगानी गरेका छन् । आयोजनामा चिनियाँ कम्पनीको ९० प्रतिशत र नेपाली पक्षको १० प्रतिशत लगानी रहेको छ ।

२०७६ सालको पुसमा शिलान्यास भएको आयोजना निर्माणको काम अहिले धमाधम भइरहेको छ । आयोजनाका लागि रसुवाको फङ्लुङखोला र भोटेकोशीको दोभानदेखि झन्डै १ सय ५० मिटरमाथि भोटेकोशी नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । आयोजनामा ४ हजार ८ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिने छ ।

रसुवामा मात्रै ५ सय ८४ मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । त्यसमध्ये २२ मेगावाट क्षमताको चिलिमे २०७१ सालदेखि सञ्चालनमा छ ।