मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर महोत्सवमा सर्वसाधारणको भीड, प्राथमिकतामा कृषि र पर्यटन

रत्ननगर महोत्सवमा सर्वसाधारणको भीड, प्राथमिकतामा कृषि र पर्यटन

न्यूजस्टोरी

चितवन, १ माघ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा रत्ननगर स्थित टिकौली चौरमा जारी रत्ननगर महोत्सवको एकै दिन ३६ हजार बढी सर्वसाधारणले अवलाकन गरेका छन् । सोमबार माघे संक्रान्ति परेकै कारण पनि महोत्सवमा सर्वसाधारणको भीड बढेको हो ।

पहिलो दिन १० हजार, दोस्रो दिन १० हजार, तेस्रो दिन २८ र सोमबार एकै दिन ३६ हजारले महोत्सव अवलोकन गरेको संघका कोषाध्यक्ष तथा टिकट व्यवस्थापन समितिका संयोजक विनोद घिमिरेले जानकारी दिनुभयो । रत्ननगर महोत्सवको १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।

महोत्सवको मुख्य आकर्षण कृषि परिसर, सांस्कृतिक घर र मोटरबोट रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने आयोजकको अनुमान छ ।

रत्ननगर नगरपालिका भित्र रहेका धार्मिक पर्यटकीय क्षेत्र प्रवर्द्धनको लागि धार्मिक जिप सफारी सुुुुरु गरिएको छ । महोत्सव माघ ८ गते सम्म चल्नेछ ।