चितवन, २५ पुस । पर्यटकीय नगरी सौराहाका रहेका रेष्टुराँ व्यवसायीको साझा संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको अध्यक्षमा ध्रुव गिरी सर्वसहमत चयन हुनुभएको छ । १७ औं वार्षिक साधारण सभा नवौं अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा शम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नविन नेपाल, सचिव कुमार जोशी, कोषाध्यक्षमा कृष्ण प्रसाद खतिवडा, सह कोषाध्यक्ष अम्विका भट्ट चयन भएको रेवान सौराहाका पूर्व अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो । सदस्यहरुमा देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, धर्मराज न्यौपाने, रामकुमार गुरौ, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चौधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन हुनुभएको छ ।
यस्तैलेखा समिति संयोजकमा रोजनाथ पाठक र सदस्यहरुमा शालिकराम रिजाल, देविलाल श्रेष्ठ चयन हुनुभएको छ ।


प्रतिक्रिया