रुकुम, १ कातिक । रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगास्थित एक होटलमा महिलाको हत्या भएको छ ।मुसिकोट नगरपालिकाका–७ साँखकी २८ वर्षीया भावना विक खलंगास्थित सत्कार होटेलमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाको परिचय खुलाइएको छैन । जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको विवरण गोप्य राखिएको बताउनुभयो ।


प्रतिक्रिया