मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चालकको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गराउन सुझाव

सञ्चालकको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गराउन सुझाव

न्यूजस्टोरी

काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले मङ्गलवार प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताउनुभयो ।

गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको थियो । प्रतिवेदनमा संस्थाको स्थिर सम्पत्ति, अन्यन्त्र भएका लगानी र सञ्चालकको सम्पत्तिसमेत बेचेर पनि बचतकर्तालाई चैतभित्र रकम फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

सहकारीका बचतकर्ताले आफ्नो बचतको माग गरिरहेका छन् । तर, सहकारीले फिर्ता नगर्ने, सञ्चालकनै भाग्ने जस्ता समस्या देखिएका छन् । सहकारी महासङ्घका अनुसार देशभर झन्डै ३२ हजार सहकारी संस्था दर्ता भएकामा पाँच सय सहकारी समस्यामा परेका छन् । समस्यामा परेका यिनै सहकारीको हकमा कार्यदलले सुझाव तयार पारेको हो । कानुनी सुधार गरेर यो क्षेत्रका समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिएको पनि मन्त्रालयका सचिव दुवाडीको भनाइ छ ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्न र दीर्घकालीन रूपमा समाधानका लागि आवश्यक नीति तर्जुमा गर्न निर्देशन दिनुभएको छ ।