मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसआईपी भुक्त्तानी अव आईएमई पेबाट

एसआईपी भुक्त्तानी अव आईएमई पेबाट

न्यूजस्टोरी

काठमाडौं, १२ असोज । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे मार्फत् सेवाग्राहीहरूले अब सजिलै आफ्नो एसआईपी (सिस्टमेटिक इन्भेस्मेन्ट प्लान)  को रकम भुक्तानी गर्न सक्नेछन् ।

एसआईपी भुक्तानी सेवा प्रदान गर्न आईएमई पेले एन आई सी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो।

यो सम्झौता अन्तर्गत अब आईएमई पेका सेवाग्राहीहरूले एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डाइनामिक डेब्ट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

पछिल्लो केही समययता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्न यो सेवा शुरु गरेको आईएमई पेले जनाएको छ ।