मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए अध्यक्षमा आरके शर्माको उम्मेदवारी घोषणा, यस्ता छन २४ बाचा

एनआरएनए अध्यक्षमा आरके शर्माको उम्मेदवारी घोषणा, यस्ता छन २४ बाचा

न्यूजस्टोरी

काठमाडौं, ११ असोज । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आगामी कार्यकाल ९२०२३–०२५० का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले कतारबाट अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतर्त्व चयन गर्दैछ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । यसअघि महेश श्रेष्ठले काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषाणा गरिसक्नु भएको छ ।

दोहास्थित र्यार्डिसन ब्लु होटलमा मध्यपूर्वलगायत विभिन्न देशका एनआरएनएका अध्यक्षहरु तथा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले आफू अध्यक्ष पदमा निर्वाचित भए २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो ।

‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने ९२ वर्षे० कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र पनि सार्वजनिक गर्नुभएको हो ।

विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको शर्माले बताउनुभयो । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने जिकिर शर्माको छ ।

‘मैले आईसीसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ,’ शर्माले भन्नुभयो ।

अध्यक्ष पद प्राप्त गर्ने आफ्नो अभिलाषा नभएको बताउँदै उहाँले एनआरएनएका लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्रै खोजेको बताउनु भयो ।

२४ बाचापत्रमा के छ ?

वैदेशिक रोजगार स् दक्ष जनशक्ति, सुरक्षित वातावरण, हाम्रो नीति स् सुधारौं श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन स् ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन आफ्नो बाचा पत्रमा उल्लेख गरेका छन् ।

सांगठनिक पुनर्संरचना स् पहिला कार्यदलबाट गहन योजना, मानव संशोधन स् सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासन स् शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन स् सबैले गर्न पाउन् मतदान, आर्थिक कूटनीति स् लगानी प्रवर्द्धन मुख्य नीति, गरौँ उच्चतम् प्रयोग सूचना प्रविधि स् हुन्छ विकास र समृद्धि, नेपाली रोजौं, नेपाली खोजौं स् निर्यात बढाउन जोडतोडले लागौं नारासहितको कार्यक्रम आफ्नो बाचापत्रमा समेटेका छन् ।

गैरआवासीय सरोकार स् जहाँ भए पनि नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता स् गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि स् जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्ति स् अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञान स् देश निर्माण अभियान, देश विकासको बल स् एक एनसीसी, हजार पर्यटक , घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान स् युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम स् अबको उद्यम, समावेशी अभियान स् महिला सदस्यलाई प्रोत्साहन, चुस्त व्यवस्थापन मुख्य सरोकार स् बनाऔँ प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन स् न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन नारासहितको आफ्नो कार्यक्रम अघि सारेका छन् ।