मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बराबरीमा रोकियो बार्सिलोना

बराबरीमा रोकियो बार्सिलोना

१७ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा

न्यूजस्टोरी

काठमाडौं , १० असोज । स्पेनिस लिगमा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति बार्सिलोनाले मालोर्कासँग २–२ गोलको बराबरी खेलेको हो ।

खेलमा दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले अंक खोस्न सफल भएको हो । बार्सिलोनाका किपर मार्क आन्द्रे टेर स्टेगनको गल्तीको फाइदा उठाउँदै वेदात मुरीकीले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

राफिन्हाले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याउने काम गरे । पहिलो हाफको इन्जुरी समयमा एबडनको गोलमा पुन मालोर्काले खेलमा अग्रता बनाएको थियो ।

दोस्रो हाफमा राफिन्हाको स्थानमा मैदान छिरेका फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई अंक दिलाउन सफल रहे । २० वर्षका स्पेनिस मिडफिल्डरले क्लबका लागि पहिलो गोल गरेका छन् ।

बार्सिलोनाले यस सिजन आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । उसले ला लिगाका ७ खेलमा ५ मा जित र २ मा बराबरीको नतिजा निकालेको छ ।

शीर्ष स्थानको बार्सिलोनाको १७ अंक छ । मालोर्का ६ अंक सहित १५ औं स्थानमा छ ।