वीरगंज, ८ असोज । सदियौंदेखि एकताबद्ध भएर बसेका वीरगंज वासीलाई विभाजित गर्ने मनसायका साथ केही तत्वहरू सक्रिय भएको भन्दै वीरगञ्जमा बृहत सद्भाव ¥याली निकालिएको हो । वीरगञ्ज महानगरपालिकाको आयोजना र स्थानीय युवाहरूको सक्रियतामा वीरगञ्जको आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको ¥र्यालीले वीरगंज बजारको परिक्रमा गरेको थियो ।
याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिनुभयो । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाड्ने काम कसैले पनि नगर्न उहाले सुझाव दिनुभयो ।
समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि वीरगञ्जवासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव ¥याली निकालिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भा“ड्ने तत्वहरुको पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रमा बोल्दै नेकपा एमाले पर्साका संयोजक डा. विसंभर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया