पोखरा । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति भएको छ । नेपाल–भारतबीच (गभर्निङ बडी)को पोखरामा भएको आठौँ संयुक्त बैठकले तीन महिना भित्रै डीपीआर बनाउने सहमति भएको हो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जनशक्ति मन्त्रालयका सचिव पङ्कज कुमारले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया