मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रियलको सहज जित

रियलको सहज जित

न्यूजस्टोरी

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २(० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे ।

खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५९ औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो । डिफेन्डर बेन चिलवेलले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको हो ।

त्यसपछि खेलको ७४ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २(० को जित दिलाए ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा हुनेछ । जुन खेल चेल्सीको मैदानमा हुनेछ ।