मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैरकानुनी क्रियाकलाप गर्नेलाई तत्कालै मुद्दा चलाउने सीबीफीनको चेतावनी

गैरकानुनी क्रियाकलाप गर्नेलाई तत्कालै मुद्दा चलाउने सीबीफीनको चेतावनी

न्यूजस्टोरी

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सीबीफीनले बैंक तथा वित्तीय संस्थामा गैरकानुनी क्रियाकलाप गर्नेविरुद्ध तत्कालै मुद्दा चलाउने र प्रहरीमा जाहेरी दिने चेतावनी दिएको छ।

पछिल्लो समय ऋण नतिर्ने, अरुलाई पनि ऋण नर्तिन उस्काउने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने, सम्पत्ति तोडफोड गर्ने लगायतका घटना बढेको भन्दै परिसङ्घले यस्ता क्रियाकलापमा संलग्नलाई तत्कालै मुद्दा चलाउने र हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायमा जाहेरी दिने चेतावनी दिएको हो।

संगठित रुपमा नै केही व्यक्ति, संस्था र समूहले बैंक तथा वित्तीय संस्थाको गरिमा र प्रतिष्ठामा नै आँच पुर्याएको गतिविधि गरिरहेको परिसङ्घले जनाएकोे छ ।

यस्ता क्रियाकलाप रोक्नको लागि सहजीकरण गरिदिन पनि बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।