मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलको जितमा करुणा निर्णायक

काठमाडौं, ३१ साउन। करुणा परियारको निर्णायक गोलसँगै बुटबल लुम्बिनी एफसीले एन्फा महिला लिग छनोटमा संघर्षपूर्ण जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरविरुद्ध १–० को जित हात पारेको हो। जितसँगै बुटबल लुम्बिनीले ३ अंक बटुलेको छ। बुटवललाई जित दिलाउन करुणाले ६३औं मिनेटमा गोल गरेकी थिइन्।