मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोनुकुमार गुप्ता नेपाल खेलकुद महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा चयन

सोनुकुमार गुप्ता नेपाल खेलकुद महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा चयन

न्यूजस्टोरी

किरण कुँवर
चितवन, १ भदौ । नेपाल खेलकुद महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा सोनुकुमार गुप्ता चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिवार सम्पन्न दोस्रो भेला तथा अधिवेशनले गुप्ताको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा सुदीप सापकोटा, सचिवमा दर्शिल शर्मा, सहसचिवमा सुसन श्रेष्ठ, कोषाध्यक्षमा सुजना प्रजा र सदस्यहरुमा शिरीष सुवेदी, दोमन गुरूङ, सुजन लाम्गती, प्रविन सुनार, प्रशान्त तामाङ, समीक्षा सिग्देल, एस्मी गुरूङ, अतिथि थापामगर, दिपिन पौडेल, कृष्टिना मगर चयन भएका छन् ।

पार्टीका जिल्ला कमिटी सदस्य तथा पालिका अधिवेशन संयोजक पुष्प जोशीले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।