मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एएफसी महिला यु–२० एसियन कप : अग्रता जोगाउन नसक्दा नेपाललाई धक्का

एएफसी महिला यु–२० एसियन कप : अग्रता जोगाउन नसक्दा नेपाललाई धक्का

न्यूजस्टोरी

काठमाडौं, २१ साउन। एएफसी महिला यु–२० एसियन कप छनोटमा घरेलु टोली भुटानलाई फराकिलो अन्तरले हराउँदै आफ्नो स्थिति मजबुत बनाउने नेपालको लक्ष्यमा धक्का लागेको छ।

बंगलादेशको राजधानी ढाकामा गत महिना मात्रै सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपका दुई खेलमा ६–१ र ८–० को फराकिलो जित हात पारेको नेपाल त्यही नतिजा दोहोर्‍याउन चाहन्थ्यो। तर, निकै फितलो खेल पस्किएको नेपाल १–१ को बराबरीमा रोकिएको हो। यो उमेर समूहमा भुटानले पहिलोपल्ट नेपाललाई बराबरीमा रोक्न सफल भएको हो।

खेलको ४० सेकेन्डमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। सुक्रिया मियाको लामो क्रसलाई रोक्न भुटानी गोलकिपर अगाडि बढेकी थिइन्। तर, उनी चुक्दा सेनुले सहजै गोल गरिन्। यो प्रतियोगिताकै सबैभन्दा कम समयमा भएको गोल हो।

तर, १८औं मिनेटमा भुटान खेलमा फर्कियो। नाम्सेल वाङजोमको क्रसमा पेनाल्टी बक्सनजिकै नेपाली डिफेन्डरलाई बिट गर्दै केल्जेङले प्रहार गरेको बल खाली पोस्टमा गोल भयो। उनले उक्त बल प्रहार गर्नुअगाडि नै नेपाली गोलकिपर लिला जोशी आफ्नो क्षेत्रबाट निकै पर आइसकेकी थिइन्।