मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको जितमा रोहितको शतक

नेपालको जितमा रोहितको शतक

न्यूजस्टोरी

काठमाडौं, १४ भदौ । कप्तान रोहितकुमार पौडेलको अविजित शतकसँगै नेपालले अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग जित हात पारेको छ।

शनिबार सम्पन्न खेलमा नेपाल २ विकेटले विजयी भएको हो। साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी रहँदा ८ विकेटको क्षतीमा पूरा गरेको हो।

नेपालका रोहितले अविजित १०१ रन बनाए। उनले सोमपाल कामीसँग अर्धशतकीय साझेदारी गरेका थिए। सोमपाल ३८ रनमा अविजित रहे।

गुल्शनकुमार झाले ३६ रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन बनाएको थियो।

साउथ अस्ट्रेलियाका ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए। दुवित हूगानबोजम ५३, रायन किङ ३५ र म्याकेन्जी हार्भेले २४ रन बनाए।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान ३ विकेट लिए। सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहको नाममा समान १ विकेट रह्यो।