जितविहीन रहँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण समाप्त गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा झापाले साबिक विजेता ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेलेको हो। यो नतिजासँगै ललितपुर ६ खेलबाट १२ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट पाँच अंक बटुल्दै झापाले लिग सक्काएको छ। झापा एनएसएल इतिहासमा…