आर्सनलले इप्सविच टाउनलाई ४–० ले पराजित गरेपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न अझै कम्तीमा एक हप्ता पर्खनुपर्ने भएको छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई इङ्लिस फुटबल इतिहासमा बराबरी गर्ने गरी २०औं उपाधि जित्न अब मात्र ६ अंक आवश्यक छ। तर, इप्सविचविरुद्ध आर्सनलले हार बेहोरेको भए लिभरपुललाई तीन अंककै पर्याप्त हुन्थ्यो। च्याम्पियन्स लिग सेमिफाइनलमा पुगेको आर्सनलले…