काठमाडौं, ११ बैशाख । मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ। मुम्बईको यो लगातार चौथो जित हो र अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यसअघि मुम्बई इन्डियन्सले टस जितेर फिल्डिङ रोजेको थियो। एक समय ३५ रनमा ५ विकेट गुमाएको हैदराबादले हेनरिक क्लासेनको ७१ र अभिनव मनोहरको ४३ रनको मद्दतमा निर्धारित २० ओभरमा आठ…