कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका छन् । उनले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने बताए । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवाले संविधानको पक्षमा गठबन्धन हुनुपर्ने बताए । 'राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित,…