मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय प्रधानमन्त्रीलाई कुटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धी समस्या समाधान गर्न आग्रह गरेँ

भारतीय प्रधानमन्त्रीलाई कुटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धी समस्या समाधान गर्न आग्रह गरेँ

न्यूजस्टोरी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको बताउनु भएको छ ।

सोमवार आजको प्रतिनिधि सभा बैठकमा आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले दुई देशबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी अहिलेसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबी समेत गर्नु भयो ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिनु भएको सीमा सम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताउनु भयो ।

उहाँले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको दाबी समेत गर्नु भयो ।

प्रचण्डले भन्नुभयो, ‘सीमा सम्बन्धी विषयहरुमा गम्भीर रुपले छलफल भएको छ । यो विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढङ्गले आग्रह गरेको छु । मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताउनु भएको पनि संसद्लाई जानकारी गराउनु भयो ।