काठमाडौँ । सहकारी प्रकरण सम्बन्धमा छानबिन गर्न बनाइन लागेको संसदीय छानबिन समितिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई छलफलको लागि बोलाएका छन् । सत्तारुढ र विपक्षबीच सोमबार बिहान सहमति नभएपछि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई आजै दिउँसो ३ बजे छलफलको लागि बोलाएका हुन्…