रुपन्देही । भारतको उत्तरप्रदेशसँग सीमा जोडिएका जिल्लाहरुमा सीमानाका ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमानाका बन्द गर्न लागिएको हो ।
रुपन्देही, पश्चिमनवलपरासी जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेठ १६ गते बुधबार राति १२ बजेदेखि १९ गते राति १२ बजेसम्म उत्तर प्रदेशसँग जोडिएको जिल्लाको सबै नाका बन्द रहने बताउनुभएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले उत्तर प्रदेशमा हुन लागेको लोकसभा जनरल इलेक्सन २०२४ को सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको बताउनुभयो । निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारततर्फका सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।


प्रतिक्रिया