काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई खबरदारी गर्न प्रतिनिधिसभाको रोस्ट्रममा उभिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले अहिलेको सरकार संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार रहेको बताए । ‘संसददेखि सडकसम्म जनतालाई साथ लिएर सडकदेखि संसदसम्म सरकारलाई नियन्त्रणमा लिइने छ,’ उनले भने, ‘संख्यामा दुईतिहाइ होला सरकारको जगमा विश्वास होइन…