काठमाडौं, १३ भाद्र । नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो ।गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको…