काठमाडौं । सरकारद्वारा १७ देशका लागि प्रस्तावित राजदूतहरुमाथि परेका उजुरीहरुमाथिको छलफल सुरु भएको छ। शुक्रबार संसदीय सुनुवाइ समितिमा १७ देशका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुमाथि उजुरीकर्ताहरुले गरेको उजुरीमाथि छलफल सुरु भएको हो। ६ जना उजुरीकर्ताहरुले राजदूतउपर उजुरी दिएका थिए। त्यसमध्ये ५ जना उजुरीकर्ताहरुसँग समितिले छलफल गरेको हो। उजुरीकर्ताहरुमा उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल…