मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चारमन्त्रीले ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ भनेपछि प्रधानमन्त्रीले सचेत गराए

सञ्चारमन्त्रीले ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ भनेपछि प्रधानमन्त्रीले सचेत गराए

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई उनकाे अभिव्यक्तिबारे सचेत गराएका छन् । गत शनिबार सञ्चारमन्त्री गुरुङले पोखराकाे एक कार्यक्रममा प्रहरी महानिरीक्षकबारे विवादित अभिव्यक्ति दिएका थिए ।  

शनिबार प्रेस चौतारीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजनसम्बन्धी विषयमा सोधिएको प्रश्नमा ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ जवाफ दिएका थिए । मन्त्रालयको नियमित रिपोर्टिङका क्रममा मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि विवादित विषय नबोल्न चेतावनी दिएका हुन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो, गराएँ । त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको विषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराएँ,’ उनले भने ।

भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको र आफूले पनि त्यसबारे महसुस गरेको मन्त्री गुरुङले बताए ।