मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्राइभिङ लाइसेन्स छपाइको काम २० दिन बन्द

ड्राइभिङ लाइसेन्स छपाइको काम २० दिन बन्द

न्यूजस्टोरी

काठमााडौं । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम २० दिनयता रोकिएको छ । मेसिनमा समस्या आएपछि याँ कार्ड छपाइ कार्य ठप्प भएको हो ।

यातायात व्यवस्था विभागले जर्मनीबाट छ लाख थान कार्ड ल्याएर गत असारदेखि तीन सिफ्टमा छपाइ थालनी गरेको थियो । तर, प्रिन्टरको पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा २० दिन यता लाइसेन्स छपाइ रोकिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । “सिस्टममा पर्सनलाइजेसनका लागि मद्रास सेक्युरिटी प्रिन्टर्सले एउटा समय राखिदिएको हुन्छ । समय सकिएपछि उता कम्पनीबाट यो मेसिनबाट अर्डर आउनु पर्ने हुन्छ । त्यही नआएकाले समस्या देखियो,” उनले भने । उनका अनुसार तीन लाख प्रति छपाइ भएपछि यस्तो समस्या आएको हो ।

गत जेठमा पनि पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा केही समय छपाइ रोकिएको थियो ।विभागले जर्मनीबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सबाट छपाइ मेसिन ल्याएको हो । मेसिनले कार्ड रिड ९चिन्न० गर्न नसक्ने समस्या पटकपटक दोहोरिएको पनेरुले बताए । नियमित छपाइ बन्द भए पनि विभागले वैदेशिक रोजगारी वा अध्ययनका लागि जाने नागरिकका लागि अत्यावश्यक लाइसेन्स छापिरहेको छ । नयाँ कार्ड मसिनले चिन्न नसकेपछि पुरानो मेसिनबाट अत्यावश्यक लाइसेन्सको छपाइ भइरहेको प्रवक्ता पनेरुले बताए ।

उनका अनुसार पुरानो मेसिनबाट हाल अत्यावश्यक लाइसेन्स दैनिक तीन सयदेखि पाँच सय प्रति छापिने गरेको छ । लाइसेन्स नवीकरण, हराएका र नयाँ गरी हाल दैनिक चार हजार कार्डको माग छ । प्रिन्ट गर्ने मेसिनमै समस्या आएपछि सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् ।