मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री केपी ओलीलाई लगेको हेलिकप्टर काभ्रेमा बिग्रियो

प्रधानमन्त्री केपी ओलीलाई लगेको हेलिकप्टर काभ्रेमा बिग्रियो

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी ओली चढेको हेलिकप्टर काभ्रेको धुलिखेल पुगेर बिग्रिएको छ । काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर बिग्रिएको हो ।दिक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको एनए ०६७ कलसाइनको हेलिकप्टरमा प्रधानमन्त्री काभ्रे पुगेका थिए । त्यहाँ पुगेपछि सो हेलिकप्टर बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई लिन अर्को हेलिकप्टर गएको छ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औं दिक्षान्त समारोह शुक्रबार आयोजना हुँदैछ । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन प्रधानमन्त्री ओली काभ्रे पुगेका थिए ।

काठमाडौंबाट गएको नेपाली सेनाको अर्को हेलिकप्टरमा प्रधानमन्त्री ओली धुलिखेलबाट फर्किसकेका छन् । बिग्रिएको सो हेलिकप्टरलाई अहिले नेपाली सेनाका इन्जिनियरहरूले मर्मत गरिरहेका छन् ।